काठमाडौं– सरकारले २७१ दिनको कार्यकालमा गरेका कार्यहरु सन्दर्भमा प्रतिनिधि सभामा छलफल हुने क्रममा सभासद् भवानी प्रसाद खापुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रश्नमा खापुङले “सामुदायिक विद्यालयमा हाल बाल शिक्षकले ६ हजार तलब खान्छन् र विद्यालयकै कर्मचारीले ४५०० देखि ७५०० तलब खान्छन् सरकारले तोकेको न्यूनतम तलब १३५०० उनीहरुले कहिले देखि प्राप्त गर्दछन् यसको जानकारी पाउन अनुरोध गर्दछु ?” जवाफमा प्रधानमन्त्रीले “नयाँ शिक्षा नीति आएपछि त्यस अनुसार त्यसलाई मिलाउदै लगिने छ । न्यूनतम तनखा भेटिने गरि र यसको मापदण्ड अनुसार हुनेगरि अगाडी बढाइने छ ।” संसदमा लामो समयसम्म भनाई राख्ने क्रममा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका अधिकांश कार्यहरुलाई ढाकछोप गरि सवालको जवाफ प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *