स्याङ्जा – शिक्षण सिकाइमा प्रविधिको उपयोग गरी सिकाइ पद्धतिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथप्रविधिमैत्री शिक्षक समाज स्याङ्जाद्वारा आँधीखोला गाउँपालिकाका शिक्षकहरूका लागि प्रद्युम्न पनेरू माविमा आयोजित एक दिने इमेल इन्टरनेट सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष सर्मिला पौडेल, विशिष्ट अतिथिमा प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेल,समाजका जिल्ला अध्यक्ष दोलराज ढकाल काे सभापतित्व मा भएको कार्यक्रममा समाजका उपाध्यक्ष कृष्णबहादुर गोदार ले सञ्चालन गरेका थिए। सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला पौडेल, श्रीकान्त पौडेल, प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका सचिव युवराज पौडेल, सहसचिव हेमन्त प्रवेग पोखरेल, विद्यालय व्य. समितिका अध्यक्ष ख्याम नारायण देवकोटा, प्रद्युम्न पनेरूका सहायक प्रअ तुलसीराम पनेरू, शिक्षक दीपक सापकोटाआदिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको प्रमुख प्रशिक्षक प्र.शिक्षक समाजका गण्डकी प्रदेश सचिव संविधान लामिछाने हुनुहुन्थ्यो ।उक्त कार्यक्रममा समाजकी केन्द्रीय सदस्य सिर्जना खनाल, हिस्टुनका केन्द्रीय सल्लाहाकार हिमराज पौडेल, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरूको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *