काठमाडौं – नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले विद्यालय शिक्षा अन्तर्गत आधारभूत तह कक्षा १,२ र ३ को पाठ्यक्रम सार्वजनिक गरेको छ । नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो विषयलाई अन्य विषयहरुका विषयवस्तु समेत समावेश गरेर तयार गरिएको उक्त उक्त एकिकृत पाठ्यक्रममा स्थानिय विषयको रुपमा स्थानिय तहमा नै पाठ्यक्रम विकास गर्ने अधिकार प्रदान गरि एउटा विषयलाई समावेश गर्ने योजना बनाईएको छ ।
पाठ्यक्रम मा समावेश गरिएका विभिन्न विषयलाई अन्तरसम्बन्धित गरी जीवनसापेक्ष बनाउने गरी सिकाइ सहजीकरण प्रव्रिmया सञ्चालन गर्ने उद्देश्यले यो पाठ्यक्रम एकीकृत ढाँचामा विकास गरिएको जनाईएको छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभव, नेपालको शिक्षण सिकाइको अभ्यास, शिक्षक उपलब्धता र तयारी, पेसागत विकासलगायतका सन्दर्भको विश्लेषण गरी सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयलाई अन्तरविषयक ढाँचाको पाठ्यक्रम का रूपमा हाम्रो सेरोफेरो विषयक्षेत्रमा एकीकरण गरिएको छ भने पाठ्यक्रम को समग्रमा संरचनामा हाम्रो सेरोफेरा, गणित, नेपाली भाषा, अङ्ग्रेजी भाषा विषयक्षेत्र समावेश गरी बहुविषयक ढाँचाको एकीकृत पाठ्यक्रम तयार गरिएको पाइन्छ । त्यसै गरी कक्षा १–३ का विद्यार्थीका लागि आवश्यक हुने व्यवहारकुशल सिपहरूलाई आवश्यकतानुसार सबै विषयक्षेत्र र कक्षामा एकीकृत गरिएको छ । कक्षा १–३ मा समावेश गरिएको मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम छनोट तथा विकास गरी कार्यान्वयन गर्ने दायित्व सम्बन्धित स्थानीय तहको हुने भनिएको छ । यसको कार्यन्वयन तालिकामा २०७६ सालमा कक्षा १ मा परिक्षण गरि २०८० सालसम्ममा पूर्ण रुपमा कार्यन्वयन गरिसकिने उल्लेख गरिएको छ ।

पाठ्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

http://lib.moecdc.gov.np/elibrary/pages/download_progress.php?ref=2457&search=&order_by=relevance&offset=0&restypes=&starsearch=&archive=&per_page=0&default_sort_direction=DESC&sort=DESC&context=Root&k=&curpos=&ext=pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *