काठमाडौं – शिक्षक सेवा आयोगले २०७६ साल फाल्गुन १ गतेबाट लागूहुने गरि माध्यामिक तह र आधारभूत तहको सामान्य तर्फको पाठ्यक्रम सार्वजनिक गरेको छ । पाठ्यक्रममा सामान्य परीक्षा सबै परिक्षार्थीका लागि एकै प्रकारको हुने छ भने विषयगत रुपमा विषय अनुसार फरक–फरक पाठ्यक्रम लागू हुनेछ । सामान्य परीक्षामा उत्तीर्णहुने परीक्षार्थीहरु मात्र विषयगत परीक्षामा सामेल हुन पाउने नयाँ ब्यवस्था कायम गरिएको छ । सामान्य परीक्षाको ५० प्रतिशत अंक जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिने ब्यवस्था उल्लेख छ । पाठ्यक्रममा सूचना तथा सञ्चार प्रविधि र सामान्य बौद्धिक परीक्षणलाई १०–१० अंकसहित थप गरिएको छ । सामान्य परीक्षामा ५० ओटा प्रश्नहरु सोधिने, प्रति प्रश्न को २ अंकका दरले १०० पूर्णाक कायम गरिएको छ । ५० अंक ल्याउने परीक्षार्थीमात्र विषयगत परीक्षामा सामेल हुन पाउने छन् । लोक सेवा आयोगमा जस्तै गरी विग्रेको प्रश्नको २० प्रतिशत अंक कट्टा गर्ने ब्यवस्था समेत अहिले नयाँ रुपमा लागू गरिएको छ ।माध्यामिक तहको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस्  1581598034माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम
आधारभूत तहको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस्1581597882आधारभुत तह (निम्नमाध्यमिक र प्राथमिक) तहको सामान्य परीक्षाको पाठ्यक्रम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *