काठमाडौं – शिक्षक सेवा आयोगले २०७६ साल फाल्गुन १ गतेबाट लागूहुने गरि माध्यामिक तह र आधारभूत तहको सामान्य तर्फको पाठ्यक्रम सार्वजनिक गरेको छ । पाठ्यक्रममा सामान्य परीक्षा सबै परिक्षार्थीका लागि एकै प्रकारको हुने छ भने विषयगत रुपमा विषय अनुसार फरक–फरक पाठ्यक्रम लागू हुनेछ । सामान्य परीक्षामा उत्तीर्णहुने परीक्षार्थीहरु मात्र विषयगत परीक्षामा सामेल हुन पाउने नयाँ ब्यवस्था कायम गरिएको छ । सामान्य परीक्षाको ५० प्रतिशत अंक जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिने ब्यवस्था उल्लेख छ । पाठ्यक्रममा सूचना तथा सञ्चार प्रविधि र सामान्य बौद्धिक परीक्षणलाई १०–१० अंकसहित थप गरिएको छ । प्रविधिमैत्रि शिक्षक समाजले सरकारसंगको हरेक छलफलमा आयोगले पनि शिक्षक छनौट गर्दा पाठ्यक्रममा नै प्रविधिलाई समेट्नुपर्ने आवाज उठाउँदै आएको थियो । प्रविधि मैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष भूपति वस्यालले शिक्षक सेवा आयोगले पाठ्यक्रममा नै सूचना तथा प्रविधिलाई समावेश गरेकोमा धन्यवाद दिदै शिक्षामा आधुनिकताको सुरुवात भएको बताएका छन् । अबको शिक्षा प्रविधिलाई समेटेर संगसंगै लैजानु अपरिहार्य भएको र त्यसको लागि परिवर्तित पाठ्यक्रमबाट सुधारको संकेत देखिएको वस्यालको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *