तनहुँ– मानविय भावनामा ओतप्रोत भएर अगाडि बढेको नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको ३७ औं जिल्लासभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिमरण वाग्लेको प्रमुख अथित्यतामा सम्पन्न भएको सभामा व्यासनगर प्रमुख बैकुण्ठनाथ न्यौपाने , प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित , पार्टी प्रतिनिधिहरु साथै २७ ओटा उपशाखाका सभापति एवं छनौट भएका सभासदहरुको उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै व्यासनगर प्रमुख न्यौपानेले रेडक्रसकर्मीहरुले सानो घेरामा संकुचित नभई गुट उपगुटको प्रभावमा नपरीकन सात सिद्धान्तहरुलाई अंगिकार गदै आग्रह पूर्वाग्रह भन्दा माथि उठेर मानविय सेवामा लाग्नुपर्ने विचार व्यक्त गरेका छन् ।
मन्तव्यकै क्रममा प्रमुख अतिथी वाग्लेले संस्थाको केन्द्रमा बैधानिकताको बहस चलेको भएतापनि रेडक्रसको गरिमालाई ख्याल गरि संरचनालाई स्थानिय तह सम्म पु¥याई आत्मविश्वासका साथ जिल्लामा काम गर्नु पर्ने विचार व्यक्त गरेका छन् । जिल्ला सभापति कृष्णहरि वाग्लेको सभापतित्वमा भएको सभामा रेडक्रस तनहुँकी मन्त्री चिनु पोख्रेलद्धारा प्रस्तुत प्रतिवेदन र जिल्ला कोषाध्यक्ष हरिशरण पण्डितद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतिले पास गरिएको थियो भने उत्कृष्ट उपशाखाको रुपमा कोटदरबार उपशाखालाई सम्मान गरिएको थियो । त्यसै अवसरमा गण्डकी प्रदेशका जुनियर/युवा संयोजक रामदत्त पौडेल , शुशिल नराल र समुन्द्र पौडेल लाई समेत सम्मान गरिएको थियो । तनहुँ जिल्लालाई समेट्ने गरी एम्बुलेन्स सेवा, ब्लड बैङ्क, मेडिबैङ्कहरु सञ्चालनमा ल्याउनु पर्ने आवाज सभामा उठेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *