काठमाडौं – शैक्षिक सत्र २०७७ सालको बैशाख महिनाबाट सञ्चालन गर्न लागिएको कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि अन्तिम पटक फेरी म्याद थप हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको जानकारी अनुसार फारम भर्ने म्याद २०७६ साल फाल्गुन महिनाको ६ गते सम्मका लागि दोब्बर दस्तुर सहितको अवसर दिईएको जनाईएको छ । यस सम्बधि विस्तृत विवरण माघ २९ गतेको गोरखापत्र दैनिकमा प्रकाशित हुने जानकारी प्राप्त भएको छ । देशभरका विद्यालयमा अध्यायन गर्ने विद्यार्थीको परीक्षा फारम भर्न छुटेको गुनासो आएपछि राष्ट्रिय परीक्षा बोर्डले यो सूचना मार्फत पुनः एकपटकका लागि यो अवसर प्रदान गरेको छ । अहिले अनलाइन मार्फत परीक्षाको फर्म भर्न सकिने ब्यवस्था बोर्डले ल्याएको भएता पनि कतिपय विद्ययालयले सो प्रकृयाको पर्याप्त जानकारीका अभावले अनलाईन दर्ता गर्न सकिरहेका छैनन् । अनलाईन फारम भर्ने तरिकाका लागि यहाँ क्लिक गर्नुहोस् http://teducationsanchar.com/%e0%a4%af%e0%a4%b8%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a5%8b%e0%a4%b8%e0%a5%8d-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af/

Leave a Reply

Your email address will not be published. Required fields are marked *