काठमाडौं – सामूदायिक विद्यालयमा भएका सम्पूर्ण विद्यालय ब्यवस्थापन समिति (वि.ब्य.स.) हरु खारेज गर्नुपर्ने धारणा शिक्षाविद् केदारभक्त माथेमाले राखेका छन् । वि.ब्य.स. प्रधानाध्यापकको क्याविनेट जस्तो भयो यसलाई खारेज गरी बोर्डअफ ट्रष्टी बनाईनुपर्ने उनको भनाई रहेको थियो । पहिले गाउँघरका बुद्धिजिवीहरु मिलेर विद्यालय खोल्थे र उनीहरुले अन्न उठाउने, चन्दा उठाउने, शप्ताह लगाउने गरेरै भएपनि विद्यालय चलाउथे अनि उनीहरुको स्वामित्व हुन्थ्यो र हाम्रो विद्यालय भन्ने हुन्थ्यो अहिले त्यो पटक्कै भएन । सामूदायिक विद्यालयलाई कसैले पनि स्वामित्वमा नलिदा समस्यामा परेको उनको भनाई रहेको थियो । हरेक विद्यालयमा स्वतन्त्र ब्यक्तिहरुको सञ्चालक बोर्ड भए मात्रै सुधार आउँछ । अब विद्यालयले बोर्ड मार्फत काम गर्नुपर्ने माथेमाको भनाई छ । हाल विद्यालयमा सरकारले पर्याप्त अनुदान नदिने, विद्यार्थीहरुसंग उठाउन पनि नहुने/नसक्ने, विद्यालयलाई राजनिति गर्ने अखडा बनाउने, नातावाद, कृपावाद हावी हुने, वि.ब्य.स. अध्यक्षहरु प्र.अ.को क्याविनेटमा बसेर निर्णयमात्र गर्ने विद्यालयलाई कसरी अगाडी बढाउने दुरदृष्टि भन्दा क्षणिक मानसम्मान र प्रलोभनमा चल्ने, प्रअ लाई विद्यालयको भन्दा बाहिरको ध्यान बढी हुने, शिक्षकहरुले प्रअको चाप्लुसी गरी जागिर बचाउने कार्यमात्र गर्नाले देशमा समृद्धि नआउने संकेत देखिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *