काठमाडौं – सरकारले तयार पारेको उच्च शिक्षा विधेयक २०७६ ले उच्च शिक्षालाई अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै पूर्वउपकुलपति विरुद्धमा उत्रियका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा बाहिर ल्याएका हुन् । यसरी विरोध गर्नेहरुमा पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, हीराबहादुर महर्जन, तीर्थ खनियाँ लगाएतका रहेका छन् । विश्वविद्यालयमा उपकुलपति हटाउने प्रक्रिया, उच्च शिक्षा परिषद्को गठन र बोर्डमा प्रवेशको प्रक्रियाका बारेमा असन्तुस्टी ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *