मदन वाग्ले/दमौली/१४, माघ

तनहुँको व्यास नगरपालिका ५ पाटन स्थित पराशर आधारभूत विद्यालयको २८औं वार्षिकोत्सव एवं अभिभावक दिवस मंगलबार भव्य रुपमा सम्पन्न भएको छ । सो वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचमा एकता आवश्यक रहेको बताए । उनले व्यास नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको चर्चा गर्दै अबको शिक्षा समय सापेक्ष हुनुपर्नेमा जोड दिए । विद्यालयकी अध्यक्ष उषा क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ, पूर्व स्रोतव्यक्ति नारायणदत्त पौडेल, विद्यालयका प्रधानाध्यापक हेम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर आले, अनिता काफ्ले, विद्यार्थीहरु सविना थापा, सलिम थापा, लगायतकाले मन्तव्य राखेका थिए । सो कार्यक्रममा विद्यालयमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई नगरप्रमुख न्यौपानेले सम्मान गरेका थिए । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक हेम पौडेलले गत आर्थिक वर्षको ५० लाख ६५ हजार ९ सय ३५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । उक्त विद्यालयमा १ सय ४२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । सो विद्यालय निम्न माध्यमिक विद्यालयहरुमा नमुना विद्यालयको रुपमा अगाडि बढ्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *