तनहुँ, मााघ १४— सामूदायिक विद्यालयहरु मध्ये एक फरक पहिचान सहित अव्बल विद्यालयको रुपमा स्थापित तनहुँको उत्कृष्ट सामूदायिक विद्यालय पञ्चमुनिदेव माध्यमिक विद्यालयले ५० औं बर्ष पुरा गरेको अवसरमा भव्य समारोहका बीच स्वर्ण जयन्ती समारोह २०७६ सम्पन्न गरेको छ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले उक्त समारोहको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा डा.यादबले शिक्षा नीति जस्तो भएपनि स्थानिय तहबाटनै कार्य गर्नुपर्ने यद्यपि देश सुहाउँदो शिक्षा नीतिमा जोड दिनुपर्ने बताउँदै पञ्चमुनिदेव मा. वि. ले गरेको नमुना कार्यको प्रशंसा गरेका छन् । प्रदेश सभासद् आशा कोईरालाले नेपाल सरकारले प्राविधिक शिक्षालाई अंगालेको जसले गर्दा उत्पादित जनशक्तिले देश विकासलाई ठूलो टेवा पुग्ने छ भन्दै पञ्चमुनिदेव विद्यालयबाट उत्पादित जनशक्तिले पनि यस क्षेत्रमात्र नभएर देशकै आर्थिक विकासलाई टेवा पुग्ने विचार ब्यक्त गरेकी छन् । कार्यक्रममा पूर्व राज्यमन्त्री अमरराज कैनी, नेकपाका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमाकान्त शर्मा, शुक्लागण्डकी न पा. का मेयर लगाएतको उपस्थिति रहेको थियो । स्व.मुनीराज श्रेष्ठ लगाएतका व्यक्तिहरुका प्रयासमा २०२७ सालमा निर्मल प्रथामिक विद्यालयबाट स्थापित यस विद्यालयले ५० बर्ष पुरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गरेको थियो ।
कक्षा ९ बाट प्राविधिक र साधारण गरी २ धारमा सञ्चालनमा रहेको यस विद्यालयले पशुविज्ञानलाई प्राविधिक रुपमा अगाडी बढाएको छ । कक्षा ११/१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन र पशुविज्ञान गरी चार ओटा संकायहरु हाल सञ्चालनमा छन् । यसरी नर्सरी देखी १२ कक्षा सम्म जम्मा २३३४ विद्यार्थीहरु अध्यायन गर्दै आएको विद्यालयमा ८३ जना शिक्षक र १४ जना कर्मचारी रहेको विद्यालयमा सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिएका छन् । प्रविधिको प्रयोग गरी अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन गर्ने यस विद्यालयले जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा नाम कमाउन सफल रहेको पाइन्छ । ७ ओटा पूर्वाधारले सम्पन्न भवन,४ ओटा स्कुल बस सहितको सुविधा सम्पन्न विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको छ । शिक्षक र व्यवस्थापन समितिले राजनीति त्याग्नुपर्छ र सामूहिक स्वार्थमा लागि विद्यालयको गुणस्तर सुधार गर्न सकिन्छ । जसका लागि टिमवर्कको आवश्यकता पर्दछ । शिक्षकको अथक प्रयास विद्यार्थीहरुको लगातार मेहनत र कुशल व्यवस्थापनमा वि.व्य.स. लाग्ने साथै समूदायले साथ दिदै जाने हो भने विद्यालयलाई नमुनाको रुपमा स्थापित गरी नतिजा समेत उत्कृष्ट ल्याउन सकिने वक्ताहरुको निष्र्कष रहेको थियो । स्वर्ण जयन्ती समारोहमा प्रस्तुत प्रधानाध्यापकको स्पष्ट दुरदृष्टी र टिमवर्कले विद्यालयको गुणस्तर सुधार हुन गएको पाईन्छ । गुणस्तर सुधारका लागि गरियका प्रयासहरुमा : नियमित अभिभावकसँगको भेटघाट, निरन्तर परीक्षा र त्यसबाट पृष्ठपोषण, नतिजा अनिवार्य रुपमा अभिभावको हातमा दिने व्यवस्था, मनोवैज्ञानिक शिक्षण विधि, शिक्षकहरुका लागि विद्यालयमा नै तालिमको व्यवस्था, प्रविधिको प्रयोगगरी शिक्षण पद्वति, कमजोर विद्यार्थी लक्षित अतिरिक्त कक्षा आदि रहेको देखिन्छ जुन कुरा अन्य सामूदायिक विद्यालयले पनि सिक्नु जरुरी देखिन्छ । विद्यालयमा प्र.अ. ले प्रतिवेदनमा भावी योजना : १—५लाई मन्टेश्वरी विधिबाट पठनपाठन गर्न छुट्टै भवनको व्यवस्था गर्नु, आगमी ५ बर्ष भित्रमा आधारभूत तहका लागि छुट्टाछुट्टै विज्ञान र कम्प्यूटर प्रयोगशाला एवं पुस्ताकलय, २०० जना क्षमताको छात्रावास, शिक्षक आवास, पौडीपोखरी, चिल्ड्रेनपार्क, खेल्नेकोठा, नाच्ने कोठा, सुत्ने कोठा, व्यवस्थित चमेना गृह, आदि राखेका छन् । प्र.अ.को स्पष्ट दुरदृष्टीले विद्यालयमा काम गर्ने वातावरण मिलेको शिक्षकहरुको भनाई छ । शिक्षक एकनारायण भण्डारीद्वारा सञ्चालन गरिएको समारोहको सभापतित्व विद्यालयका संरक्षक एवं वडा नं. ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *