म्याग्दे , माघ ११- सामूदायिक विद्यालयको वार्षिकोत्सवको चटारो आजकल जताततै देखिएको छ । वार्षिककोत्सवको अवसर पारेर सहयोग गर्नेहरुको पनि निकै भिड देखिन्छ । विभिन्न अक्षयकोष, संघसंस्था, आमासमूह एवं ब्यक्तिहरुले आ–आफ्नै तरिकाले विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरिरहेको पाईन्छ । सहयोगको ओइरो नै लागेको देख्दा विद्यालयमा निकै विद्यार्थी होलान भन्ने लाग्छ तर विद्यालयको रेकर्ड हेर्दा विद्यार्थी संख्या भने न्यून नै पाईन्छ । यस्तै एउटा उधाहरण देखियो ३६ औ वार्षिकोत्सवको अवसरमा म्याग्दे गा. पा. वडा नं. ३ स्थित पसले आधारभूत विद्यालयमा । म्याग्दे गाउँपालिका अध्यक्ष माया राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष सहितको समुपस्थितिमा भब्य रुपमा सञ्चालन भएको वार्षिकोत्सवमा म्याग्दे गाउँपालिकाले स्मार्ट टि.भि सहित खेलकुदको सामाग्रीहरु प्रदान गरेको छ । जगन्नाथ पण्डित अक्षयकोष (रु.५०६११), को ब्याजबाट १३ जनालाई र श्याम सुन्दर प्रजापतिका छोरा लक्ष्मी सुन्दर प्रजापतिले अक्षयकोष (रु.५००००) को ब्याजबाट १० जनालाई गरी जम्मा २३ जना विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको थियो । त्यसैगरि विनोद स्मृति अक्षयकोष (रु.१,५०,०००) बाट आमा नरमाया श्रेष्ठ र जुन नारायण र रामकुमार श्रेष्ठद्धारा २० ओटा झोला प्रदान गरेका थिए ।

यसै अवसरमा एकिकृत हरित विकास नेपालले यसै विद्यालयको नजिक रहेका अस्मिता इट्टा उद्योग र पोखरेली इट्टा उद्योगमा कार्यरत श्रमिकका २९ जना बालबालिकालाई उक्त विद्यालयमा पठनपाठनका लागि भर्ना गरि सहयोग गर्दै तिनीहरुलाई समेत लक्षित गरि २ सेट भलिबल र फुटबल, ३ सेट ब्याडमिन्टन, १ सेट ग्लोब, पम्पसेट सहितको विद्यालय सपोर्टको सामाग्री प्रदान गरेको छ । एकिकृत हरित विकास नेपालका बोर्ड सदस्य श्रीकृष्ण आचार्यले उक्त सामाग्री विद्यालयका प्र. अ. विजयराज पोखरेललाई हस्तान्तरण गरेका थिए । मधेस र भारतीय मुलका अधिकांश विद्यार्थीहरु मध्ये २ जनाको हिन्दीमा भएको नृत्य वार्षिकोत्सवको मुख्य आकर्शण बनेको थियो ।

 

त्यसै अवसरमा स्थानिय आमा समूहबाट प्रथम हुने ११ जना छात्र/छात्राहरुलाई पुरस्कारको ब्यवस्था गरेका थिए साथै छोरा अन्जन श्रेष्ठको स्मृतिमा बाबा केममान श्रेष्ठ र दाजु आशिष श्रेष्ठबाट २ जनालाई शैक्षिक सामाग्री वितरण गरेका थिए । नगद सहयोग गर्नेहरुमा लाङ्घाली आमा समूह रु.५०५५, प्रगतिशिल आमा समूह रु. ५००५, गंगटे टोल विकास संस्था रु. ३११०, सुन्तली नेपाली १५१०, बालकृष्ण वि.क. रु. १००५, विष्णुमाया गौतम रु. १००५, नरमाया श्रेष्ठ रु. १००५, छलिमाया थापा रु. १०००, अमृत गन्धर्व रु ५०५, कोईरालाथोक तिलाहरे टोल विकास संस्था रु ५०५, श्याम सुन्दर श्रेष्ठ रु. ५५५, केन्द कुँवर रु.५००, ध्रुवराज पण्डित रु.५२५, रत्नमान श्रेष्ठ रु. ५१०,विष्णु बहादुर थापा रु. ५१० लगाएत रहेका थिए । यसरी सहयोगको ओईरो लागिरहँदा विद्यार्थीहरुको पहिरो जाने क्रम रहेको देखिन्छ । विद्यालयको तथ्याङ्कमा हेर्दा हाल १०९ जना विद्यार्थी र १० जना शिक्षक रहेको पाईन्छ ।

कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि माया रानाले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको र आगामी दिनमा पनि यस विद्यालयलाई आवश्यक सहयोग थप गर्दै लगिने आश्वासन प्रदान गरेकी छन् । उपाध्यक्ष बालकृष्ण घिमिरेले अब सामूदायिक विद्यालयले गुणस्तरमा वृद्धि गरेर विद्यार्थीहरुलाई यसै विद्यालयमा पढ्ने वातावरण सृजना गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।यसै सन्दर्भमा विद्यालयका प्र.अ. विजयराज पोखरेलले सहयोग आउनेक्रम रहेपनि अब समुदायले विद्यार्थी पढाउन ल्याएर सहयोग गर्नुपर्ने बताए । वडा अध्यक्षसमेत रहेका वि.ब्य.स.अध्यक्ष श्रीबहादुर थापाले आम नागरिकको सोचाइमा परिवर्तत गरेर सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउने वातावरण सृजना गर्नुपर्ने बताएका थिए । विद्यार्थीहरुको विविध सांस्कृतिक क्रियाकलाप सहितको कार्यक्रम शिक्षक हरि सिग्देलले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *