तनहुँ माघ ११– नेपाल शिक्षक संघ महिला विभागले तनहुँ जिल्ला भरिका महिला शिक्षकहरुका लागि महिला नेतृत्व क्षमता विकास तथा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस तनहुँका पाटी सभापति बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा वि.पि. स्मृति भवन दमौलीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षकहरुमा पाटी सभापति न्यौपाने स्वयं थिए भने नेपाल शिक्षक संघ केन्द्रिय सचिव (अर्थ) पुष्पकला भट्टराई, महिला नेतृ विना कैनी रहेका थिए । सभापति न्यौपानेले संविधानमा महिलाको अधिकारका विषयमा प्रशिक्षण दिएका थिए भने भट्टराईले महिला नेतृत्व तथा सांगठनिक शसक्तिकरणका विषयमा साथै नेतृ कैनीले महिलाको क्षमता अभिवृद्धिका विषयमा प्रशिक्षण दिएका थिए । नेपाल शिक्षक महासंघका केन्द्रिय उपमहासचिव विजयराज पौडेल, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल, शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल लगाएतका ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न प्रशिक्षणमा तनहुँका करिव २०० महिला शिक्षकहरुको उपस्थिति रहेको आयोजकको भनाई रहेको छ ।

प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै सभापति न्यौपानेले संविधानले दिएको अधिकारलाई प्रयोग गर्न महिलाहरु स्वयं अग्रसर रहनुपर्ने बताएका छन् । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहि महिलाको नेतृत्व गर्दै केन्द्रसम्म पुगेकी प्रशिक्षक पुष्पकला भट्टराईले वर्तमान सरकारले शिक्षा ऐन समयमा ल्याउन नसक्दा शिक्षकहरु समस्यामा परेका छन् यो सरकारको अकर्मण्ड्यताका कारणले यस्तो भएको छ भन्दै वार्ताबाट छिटै निकास निकाली शिक्षा ऐन मार्फत समस्याको समाधान गर्न सरकारलाई सुझाएकी छन् । महिला शिक्षकहरुको सशक्तिकरणका लागि के गर्नुपर्ला र? भन्ने शिक्षा सञ्चारको जवाफमा भट्टराईले महिला शिक्षकहरुले संविधानद्धारा प्रद्धत अधिकारहरुलाई प्रयोग गर्दै अध्यायन संगसंगै आफ्ना पेशागत क्षमतालाई अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि अध्यायनशिलता, नेतृत्व र क्षमता सहित सांगठनिक विकासमा अगाडी बड्नुपर्ने विचार ब्याक्त गरेकी छन् । नेपाल शिक्षकसंघ महिला उपाध्यक्ष रसामाया गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रम महिला शिक्षकद्वय कल्पना परियार र शान्ता बास्तोलाले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *