तनहुँ माघ १०– बाह्रौ खैरेनीटार महोत्सव २०७६ विगतझै चैतेदशैको अवसर पारेर चैत १७ गतेबाट २८ गतेसम्म हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार ईकाइले म्याग्दे गाउँपालिका वडा नं. ६मा रहेको मुलबाराहि परिसरमा खैरेनीटार महोत्सव २०७६को मिति घोषणा कार्यक्रम राखी उक्त जानकारी गराएको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष कृष्णराज पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खैरेनीटार बजार ईकाइ सभापति पूर्णबहादुर कायस्थले मिति घोषणा संगसंगै नाफाको ६० प्रतिशत रकम यसै क्षेत्रको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा खर्च गरिने र ४० प्रतिशत रकमले ब्यवसायीको हकहित र भवन निमार्णमा खर्चगरिने जानकारी दिएका छन् । कार्यक्रमका प्राय सबै बक्ताहरुले ब्यवसायीहरु फुटेर हैन जुटेर जानुपर्ने जसका लागि एकताबद्ध रुपमा सबैको अपनत्व हुनेगरि ब्यवसायिक संगठन अगाडी बढ्नुपर्ने विचार ब्यक्त गरेका थिए । शुक्लागण्डकी नगरपालिकामा पर्ने उक्त क्षेत्रमा वि. सं २०६३ सालदेखि लगातार रुपमा ११ ओटा महोत्सव सम्पन्न भईसकेको कार्यक्रममा जानकारी दिईएको थियो । हाल शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ र शुक्लागण्डकी उद्योग बाणिज्य संघले आआफ्नो आधिकारिकता देखाउदै दुवैले एकै ठाउँमा महोत्सवको मिति घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *