पोखरा, माघ ८ – प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशले यहि माघ ११ गते शनिबार डिजिटल सामग्री प्रदर्शनी एवं शिक्षासंग सरोकार राख्ने निकायहरुसंग अन्तक्रिया कार्यक्रम राख्ने भएको छ । बाग्लुङ्ग जिल्लाका सामुदायिक र नीजी विद्यालयमा कार्यरत शिक्षकहरुका लागि प्रविधिको प्रयोग र शिक्षण सिकाईमा सुधार गर्ने उद्धेश्यले उक्त कार्यक्रम गर्न लागिएको प्रसिस बाग्लुङ्ग जिल्ला संयोजक डिल्लीराज उपाध्यायले शिक्षा सञ्चार अनलाईनलाई जानकारी दिएका छन् । ब्राउन आइज पार्टी प्यालेस कालिगण्डकी फिल्महलमा सञ्चालन हुने कार्यक्रममा सम्पूर्ण सामुदायिक र नीजी विद्यालयका प्र. अ. तथा प्रिन्सिपलहरु मार्फत शिक्षकहरुलाई निमन्त्रणा गरिसकिएको आयोजकले जानकारी दिएको छ । डिजिटल सामाग्रीद्धारा कक्षाकोठामा स्मार्ट टि भी, स्मार्टबोर्ड, प्रोजेक्टर, कम्प्यूटर आदिको प्रयोगद्धारा आधुनिक तरिकाले कसरी शिक्षण गर्ने र उक्त सामग्री निर्माण प्रक्रियाका बारेमा शिक्षकहरुबिच छलफल गरी नमुना सामग्रीको प्रस्तुती रहने आयोजकको भनाई छ । उक्त अवसरमा बाग्लुङ्ग जिल्ला समन्वय समिति समेत गठन गरिने साथै प्रशिस नेपालको भूमिका बारे जानकारी गराईने केन्द्रिय उपाध्यक्ष हेमाकुमारी थापाले जानकारी गराएकी छन् । प्रशिस नेपालको पौष २७ र २८ गने विराटनगरमा भएको केन्द्रिय साधारणसभा पश्चात गण्डिकी प्रदेशद्धारा आयोजित यो पहिलो र भब्य कार्यक्रम रहेको गण्डकी प्रदेश अध्यक्ष समेत रहेका श्रीकान्त पौडेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *