नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । २०७७ सालको परीक्षामा बैशाख ८ गते देखि १८ गतेसम्म कक्षा १२ को हुनेछ भने बैशाख २१ गतेबाट ३१ गतेसम्म कक्षा ११ को परीक्षा सञ्चालन हुनेछ । विहान ७ बजे बाट १० बजेसम्म परीक्षा अवधि रहने रा. प. बोर्डद्धारा प्रकाशित २०७६ पौष ७ गतेको सूचनामा जनाईएको छ । यस वर्ष कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि पूरक परीक्षा बैशाख २७ गते शनिबार हुने उल्लेख छ । थप जानकारीका लागि यो लिंकमा जानुहोस् http://www.neb.gov.np/uploads/photos/UI7dhGKR_q200121083417.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *