ब्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले सामूदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सकेमा समग्र क्षेत्रकै विकास हुने विचार ब्यक्त गरेका छन् । ब्यास न. पा. वडा नं. १० स्थित श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको मन्तब्य राख्ने क्रममा न्यौपानेले उक्त विचार ब्यक्त गरेका हुन् । ब्यस नगरपालिकाको करिव १ अर्व ३८ करोड बजेट मध्ये शिक्षामा करिव ३६करोड रकम विनियोजन गरिएको र उक्त रकम अपुग रहेको महशुस भएको जसका कारण शिक्षक तालिम, ई सि डि र विद्यालय कर्मचारीहरुलाई सम्बोधन गर्न नसकिएको भनाई न्यौपानेको थियो ।

वि. ब्य. स. अध्यक्ष ऋषिराम ढुंगानाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवमा प्र. अ. रामचन्द्र पोख्रेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय सेवा दलद्धारा सञ्चालित NCC तालिममा सहभागी विद्यार्थीहरुद्धारा प्रस्तुत विविध क्रियाकलापको विशेष आकर्षण रहेको कार्यक्रममा विविध संस्कृति झल्कने विद्यार्थी प्रतिभा सहितको नृत्यहरु एवं नाटक प्रस्तुत गरिएको थियो । उक्त अवसरमा विभिन्न विधामा शिक्षकहरु, अभिभावक एवं विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा शिक्षाका प्रतिनिधि, पूर्व प्र.अ.हरु, विभिन्न संघ संस्था एवं पाटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *