दमौली- वडा भवन निर्माणमा विवाद आएपछि स्थानीय छविजंग वंशी ठकुरीले करिव ४० लाख पर्ने ८ आना निशुल्क र ८ आना सशुल्क जग्गा दिएपछी निर्माण कार्य शुरू भएको व्यासनगरपालिका वडा नं १ को वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । भवनको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

व्यास-१ को नव निर्मित वडा भवन

भवनको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले भवन निर्माण पश्चात सेवाग्राहीलाई सेवा दिन सहज हुने र सवै वडाहरू भाडा तिर्न नपर्ने भएको बताएका छन्। । नगरपालिकाले विनियोजन गरेको करिब ७० लाखको लागतमा भवन निर्माण सम्पन्न गरिएको जनाइएको छ । विपद् र कोभिडका कारण नगरपालिकाले सोचे अनुरुप समयमा काम गर्न नसकेको र केहि काम अझै बांकी रहेको जनाइएको छ । नगरपालिकाले दुई चरणमा गरी उक्त बजेट बिनियोजन गरेपछि तीन ढलानको भवन निर्माण गर्न लागिएको हो । भवनको तेश्रो तलामा सभा हल बनाइने छ ।

उद्घाटन कार्यक्रममा जग्गा दाता ठकुरीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले दोसल्ला ओडाइ सम्मान गरेका हुन । सम्मानित ठकुरी खुसीले नाचेका थिए ।

कार्यक्रममा नेकपा समाजबादी गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, नेकाँ जिल्ला सचिव बिश्व बास्तोला, व्यास उपप्रमुख मिरा जोशी, व्यासनगनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जिल्ला समन्वय समितिका सदस्य केश बहादुर सुनार, संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेकां व्यास नगर सभापति सुर्यचन्द्र हड्खले, नेकपा एमाले व्यास नगर सचिव ज्ञानेन्द्र वास्तोला जग्गा छनौट समिति का संयोजक हड्खले लगाएतका वक्ताहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम व्यासनगरपालिका १ का वडाध्यक्ष खरसिं दरैको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *