दमौली- तनहुँको व्यास नगरपालिकाले ब्यास नगर अस्पताल निर्माण गरिने भएको छ । ब्यास नगरपालिका वडा नं १० दुम्सी स्थित आधारभुत स्वास्थ्य केन्द्रमा व्यवस्थापन हुने गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय भएको व्यास नगरपालिकाको प्रेस विज्ञप्तिमा जनाएको छ ।

ब्यास नगर अस्पताल निर्माणका लागि निरिक्षण गर्दै नगर प्रमुख

उक्त अस्पताल निर्माणका लागि वडा नम्बर 10 का वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । उक्त स्थानमा PCR lab समेतलाई आवश्यक जनशक्ति करार सेवा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको जानकारी गराइएको छ ।यसअगाडि नै तनहुं का १० ओटै स्थानिय तहहरूको संयोजनमा पिसिआर ल्याव सञ्चालन गर्ने निर्णय भएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी २५ वेडको अस्पताल निर्माण गर्ने योजना अनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराउने भएको वडा अध्यक्ष सापकोटाले जनाएका छन् ।

त्यसैगरि ब्यास नगरपालिका वार्ड नंबर ८ को बर्लाचिमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने समेत निर्णय गरिएको नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

ब्यास कै वडा नम्बर-७ मा समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष श्री सतीश चन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समता विद्यालयमा अति विपन्न वर्गका छोराछोरीहरु त्यसैगरी सडक बालबालिका साथै असाय बालबालिकाहरुलाई पठनपाठनको व्यवस्थापन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *