दमौली– तनहुँको सदरमुकाम नजिक व्यास नगरपालिका वडा नं. ५ चापाघाट तनहुँस्थित नेपाली सेनाको कालीभञ्जयाङ गणका एक सैनिक कमाण्डरले रिपोर्टिङका क्रममा २०७८ वैशाख १ गते विहान पौने ७ बजे भेट्घाट चोक दमौलीस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिच्ने क्रममा अन्नपूर्ण मिडिया नेटवर्कका सम्वाददाता तथा तनहुँ टेलिभिजन र दमौली न्यूज डट कमका सम्पादक एवं प्रेस युनियन तनहुँका सल्लाहकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेको घटना प्रति नेपाल प्रेस यूनियन तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले विज्ञप्ति निकालेर दुःख प्रकट गरेका छन् ।
सञ्चार जगत समेतको सक्रिय सहभागीतामा देशमा लोकतन्त्र अभ्यासमा रहेका बेला यसरी सार्वजनिक स्थलमा रिपोर्टिङकै क्रममा पत्रकारमाथि हुने दुव्र्यवहारले लोकतन्त्रलाई नै गिज्याएको छ भन्दै यस्ता घटनाले लोकतन्त्र र कानूनी शासनको उपहास गर्दै निरंकुशतालाई बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने साथै नेपालको संविधानमा मौलिक हक अन्र्तगत प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्तत्रतालाई खिल्ली उडाउँदै घटाइएको यस्तो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो भन्ने यूनियनले ठहर गरेको छ ।
विज्ञप्तिमा घटनामा संलग्न सैनिक अधिकारीमाथि तत्काल कानूनी कारवाही गर्न र विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहासका घटना नदोहो¥याउन र दोषीमाथि कारवाही नभएमा आन्दोलनमा उत्रने समेत नेपाल प्रेस युनियन तनहुँ शाखाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *