साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाइने भएको छ । यससँगै क्युआर कोड सहितको विद्युतीय खोप प्रमाण-पत्र प्रमाणिकरण गर्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

 क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन साउन २१ गतेदेखि मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ । 

अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने छ । 

फारम भर्न सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छायाँ कापी, खोप कार्डको छायाँ कापी, कबुलियतनामा कागजात आवश्यक पर्नेछ ।

३ दिनभित्र विदेश जानेहरुले भिसाको छायाँ कापी र टिकटको छायाँ कापी पेश गर्नुपर्नेछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *