दमौली- जन्मथलो ब्यास १० तनहुं रहि कर्मथलो राजधानी काठमाण्डौं भएर वैदेशिक रोजगार ब्यवसायीको रूपमा कार्य गर्दै आउनुभएकी समाजसेवी अन्जु गिरीले ब्यास १० का तीन जना मृगौला पिडितलाई जनहि बीस हजार का दरले रू ६०,००० बिहिबार एक कार्यक्रमका बीच घरमै पुगेर सहयोग गर्नुभएको छ ।

ब्यास १० अंधेरी भञ्ज्याङ निवासी ह्रदय कुमाल, सेवर निवासी गोविन्द बि क र कुमालटारी निवासी इन्द्र बहादुर रानालाई वडा अध्यक्ष तुलसीराम सापकोटा को उपस्थितिमा उक्त सहयोग रकम प्रदान गरिएको हो । “कर्मका लागि जहाँ भएपनि आफू जन्मेको ठाउँ र यहाँका अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्न पाउनु मानवीय धर्म भएकाले सानो रकम भएपनि उनीहरूको जीवन रक्षामा सहयोग हुने आशाका साथ काठमाडौंबाट आएर सहयोगमा जुटेका हौं” गिरीको भनाई थियो। आफूले कमाएको केही रकम सामाजिक सेवामा खर्च गर्छु । यस्तै अप्ठ्यारोमा पर्ने कोही व्यक्तिहरु भए फेरी पनि आफूले सहयोग गर्ने उहाँको भनाइ थियो ।

यस अगाडि उहाँको परिवारले नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले संचालन गरेको एम्बुलेन्स खरिद अभियानका लागि ५० हजारभन्दा बढी रकम हस्तान्तरण गर्नुभएको थियो । विभिन्न ठाउँमा अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने उहाँको मन प्रती आम नागरिकको तर्फबाट विशेषगरी व्यास १० का आमनागरिकले उहाँको सकारात्मक कार्यको प्रशंसा गरेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *