दमौली- नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाको सम्मान कार्यक्रममा व्यास १० दुम्सीकोटमा जन्मनु भएकी र हाल काठमाण्डौमा बस्दै आउनुभएकी पाथिभरा मेनपावरकी सञ्चालक, समाजसेवी एवं विशाल ह्रदयकी सामाजिक ब्यक्तित्व अन्जु जी क्षेत्रीद्वारा नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखालाई रू ५१,५५५ रकम भवन निर्माण सहयोगार्थ प्रदान गर्ने घोषणा गर्नुभएको छ । जन्मदिनको अवसरमा उक्त रकम सहयोगका लागि घोषणा गर्नुभएको हो । यसअगाडि उपशाखाले एम्बुलेन्स खरिद गर्दा रू ५११५० सहयोग गर्नुभएको थियो । त्यसै अवसरमा मृगौलापीडित भर्याङ्दी निवासी राजु गुरुङलाई रु १५ हजार नगद सहयोग गर्नुभएको थियो।

मृगौला पिडित राजु गुरूङलाइ रकम हस्तांतरण गर्दै अन्जुजी क्षेत्री

त्यसैगरी व्यासनगरपालिका वडा नं १० घर भई हाल ब्यास ५ छोरीको घरमा उपचार गर्न बस्नु भएकी हृदय कुमाललाई नगद रु. २११०० प्रदान गर्नुभएको छ । लामो समय अगाडिदेखि कुमाल दुबै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गर्दै बस्नुभएको छ । उपचार को लागि खर्च समेत जुटाउन नसकेपछि सहयोगकालागि आग्रह गरे बमोजिम व्यास नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटाको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

रकम प्रदान गर्न वडाअध्यक्ष तुलसीराम सापकोटा, युवा व्यवसायी इश्वर पौडेल,वडा नम्बर १० का वडा सचिव पुष्प आचार्य, नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेल घरमै पुग्नुभएको थियो। रकम हस्तान्तरण पश्चात वडा अध्यक्ष सापकोटाले सहयोगी हातहरु धेरै आउने हुँदा उपचारकालागी अप्ठ्यारो नहुने भन्दै अप्ठ्यारो परेको बेलामा सधै उपस्थित हुने प्रतिबद्धता जनाउनुभएको थियो। अन्जुजीले आफ्नो गृहजिल्ला आउदा हरेक पटक अफ्ट्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

यसभन्दा अगाडि पनि मृगौलापीडित साथै केही असाय व्यक्तिहरुलाई सहयोग गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *