दमौली- तनहुं कै जेष्ठ नगरपालिका व्यास नगरपालिकाको नेपाली कांग्रेस सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् । आज सम्पन्न मतदान प्रक्रियामा भारी मतका साथ हड्खले विजयी भएका हुन् । प्रतिस्पर्धी डम्बरबहादुर अधिकारीलाई पराजित दोब्बर मत अन्तरले विजयी गरेका हुन् ।हड्खलेले दुई सय ८२ मत पाएका थिए भने प्रत्यासी अधिकारीले एक सय ४१ मत पाएका थिए ।

कुल ४ सय ४३ मतदाता मध्ये ४ सय ३२ ले मतदान गरेका थिए ।व्यास नगर उप सभापतिमा सुर्जकुमार मल्ल र शोभा अधिकारी विजयी भएका छन् । क्याप्टेन मल्लले २९४ र अधिकारीले ३३० मत पाएका थिए ।

व्यास नगरको सचिवमा सुरेश पूरी र खेमराज पोख्रेल निर्वाचित भएका छन् । पुरीले २८९ र पोख्रेलले २८१ मत पाएका हुन् । पोख्रेल शिक्षा क्षेत्रबाट आएका हुन भने पुरी ब्यवसायीक ब्यक्ति हुन् ।अन्य सबै पदहरुको भने निर्विरोध निर्वाचित भइसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *