दमौली-नेपाली कांग्रेस व्यास नगर अधिवेशनको माहोल तातेको छ ।  निर्वाचन समितिका अनुसार पदाधिकारीमा नै डेढ दर्जन उम्मेदवारी परेको छ । पहिलो नामावली प्रकाशन अनुसार सभापतिमा चुडामणी दाहाल, डम्बरबहादुर अधिकारी, सूर्यचन्द्र हड्खले रहेका छन् । त्यसैगरी उपसभापतिमा प्रेमबहादुर राउत, सुर्जकुमार मल्ल, सुमन वाग्ले, सुरेन्द्र पौडेल र शोभा बन्धु अधिकारीले उम्मेदवारी दिएका छन् । 

सचिवमा उद्धव पौडेल, खेमराज पोखरेल, सरोज भण्डारी, सुनिल रिजाल र सुरेश पुरीको उमेदवारी परेको छ भने सहसचिवमा किशोर राज खनाल,  मन बहादुर रूचाल, माधव न्यौपाने र पविन्द्र भट्टराईको उमेदवारी दर्ता भएको छ ।

मुस्लिम तर्फ सर्फुद्दीन मिया र क्षेत्रीय प्रतिनिधि अपाङ्गता पदम बहादुर परियार र सोभा लम्साल सर्बसम्मत हुने जनाइएको छ । अपाङ्ग सदस्यमा 2 जना, खस आर्य महिला सदस्यमा ६ जना,  समावेशी खसआर्य अन्य सदस्यमा 11 जना रहेको निर्वाचन समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *