दमौली – व्यास नगरपालिकाको घाँसीकुवाचोकमा विहानै सडक दुर्घटना भएको छ । नारायणगढ बाट पोखरा जाँदै गरेको ना ४ ख ७१०७ नं को ट्रकले दमौली हुँदै काठमाण्डौं जान लागेको ग ३ छ २९३९ नं को कारलाई ठक्कर दिएको हो।

पानी परेकोअवस्थामा भएकाले ब्रेक ले काम नगर्दा उक्त दुर्घटना हुन पुगेको चालकले स्वीकार गरेका छन् । गाडीहरू जिल्ला ट्राफिक कार्यालयको नियन्त्रणमा रहेका छन् । चालक र यात्रुहरू सकुसल रहेका छन् । पोखराबाट काठमाण्डौं जादै गरेको कारमा आएका यात्रुहरू विदेश जान लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *