दमौली- व्यास नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष तुलसीराम सापकोटाले आफ्नो वडा भरिका गाँजा नष्ट गर्ने अभियान संचालन गर्नुभएको छ ।

गांजा नष्ट गर्दै वडा अध्यक्ष तुलसीराम सापकोटा

युवाहरुले गाँजाको प्रयोग गर्ने गरेको जानकारी पाएपछि सम्बन्धित शंकास्पद क्षेत्रमा जाँदा गांजाका धेरै बोट पाइएकाले आफै उक्त बोटहरु काट्न लागेको हुँ लागूऔषध दुर्बेसनी को सिकार बन्न युवाहरुलाई सचेत गराउँदा र पटकपटक सम्झाउँदा पनि नमानेपछि आफै खोजी गरेर गाँजा नष्ट गर्न लागिएको अध्यक्ष सापकोटाको भनाइ छ। 

सुरक्षा निकाएको योजनामा यस्ता कार्यक्रमहरु हुनुपर्ने भएता पनि यसप्रति चासो नबढेपछि अन्य क्षेत्रमा पनि यसको प्रभाव भई गाँजा नष्ट गर्ने अभियान चालियोस् भन्ने मनसियले आफू गुलेल लाएको अध्यक्ष सापकोटाले damulibazar.com लाई जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *