तनहुँ- राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्लाको आयोजनामा  दमौलीमा वृहत युवा भेला सम्पन्न भएको छ । युवा नेतृत्व नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले उक्त भेला उद्घाटन गर्नुभएको हो । 

नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा आएपछि युवा जागरण एवं प्रशिक्षणका लागि यो पहिलो मेला आयोजना गरिएको हो । भेलामा तनहुं क्षेत्र नं 1र 2 का माननिय सांसदहरू कृष्ण कुमार श्रेष्ठ, केदार सिग्देल, प्रदेश सभासदहरू, राष्ट्रिय सभा सदस्य, पार्टी पदाधिकारीहरू, युवा संघ नेपालका जिल्ला तथा केन्द्रीय नेताहरू एवं तनहुँ जिल्लाका 10 वटै स्थानीय तहबाट युवाहरूको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *