काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।सरकारले गत ९ भदौमा प्रतिनिधिसभा वा राजनीतिक दलको केन्द्रीय समितिको २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित अध्यादेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *