सिन्धुपाल्चोक- भिषण बर्षाका कारण मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले धेरै धन-जन को क्षति भएको छ। धेरै जना सम्पर्क विहिन भएको अवस्था छ भने मेलम्ची खानेपानीको ड्याम समेत बगाएकाे छ । स्थानीय का अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको अवस्थामा छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर खरबौंको नाेक्सानि भएकाेछ ।

तस्वीर श्रोत: लक्ष्मण श्रेष्ठ को फेसबुक बाट

यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक हार्दिक अनुराेध गरिएको छ । सरकारकाे तर्फबाट आजै टेण्ट र खाध्यान्न जुन-जुन बस्तीमा क्षति भएको छ त्यहाँ पुराउने तयारि गरिएकाे मन्त्रालय श्रोतले जानकारि गराएको छ स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सुरक्षित रहनुहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *