पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा विश्वासको मत दिन सफल हुनुभएको छ। शुक्रबार बसेको प्रदेशसभामा विश्वासको मत माग्दा नेपालीको पक्षमा ३१ मत र विपक्षमा २७ मत प्राप्त भएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता नेपाली माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।

६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई दलले निष्कासन गरेका कारण पदमुक्त भए पछि ५९ सदस्यीय बनेको थियो ।विश्वासको मत पाउन ३० मत आवश्यक पर्नेमा प्रदेशसभामा विपक्षी दल एमालेको २७ मा २७ रहयो र बांकी नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत र स्वतन्त्र दिपक मनाङे सहित ३१ मत नेपालीलाई प्राप्त भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *