दमौली- तनहुँ दमौली स्थित पृथ्वी राजमार्ग संगै जोडिएको दुर्गा मन्दिर परिसरमा सफाईका लागि नेपाल प्रहरीले सक्रियता देखाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुंको नजिकै रहेको उक्त मन्दिरमा प्रहरीको एक टोलीले आज विहान सरसफाई गरेको हो ।

हिन्दुहरूको महान चाडपर्वहरू नजिकै आइरहेको बेला मठ, मन्दिर, धार्मिक स्थलहरू सरसफाई राख्नुपर्ने साथै आ-आफ्नो घर, आगन, टोल, बाटोघाटो लगाएतका क्षेत्रहरू सफाई गर्नुपर्ने सन्देशका लागि पनि नेपाल प्रहरीले उक्त कार्यको थालनी गरेको प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाको भनाई रहेको छ। चाडपर्वको समयमा चोरी, डकैती, हिम्साका घटना बढ्ने भएकाले विशेष सजग रहन र यस्ता घटना हुने क्षेत्रमा झाडीहरू भए आ-आफ्नो टोल छिमेकले सरसफाई गरी सहयोग गरिदिनुहुन नेपाल प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *