तनहुं – देवी ज्ञवाली नेतृत्वको भुमि समस्या समाधान गर्ने सुकुम्बासी आयोग सरकारले खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोग खारेज गरेको हो ।सरकारको सो निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र तनहुं लगाएत ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका हुन् ।

आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना समेत बन्द हुन सक्ने सम्भावना रहेको छ ।केपी ओली नेतृत्वको सरकारले आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउनेगरी आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *