दमौली- तनहुँको दमौली भोर्लेटार चल्ने ब्यास मार्ग अवरुद्ध भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर 10 दुम्सी बजार नजिकै हिजो साँझ पानीको कुलो निकासीका लागि व्यास मार्गमा खनेर तीनओटा हेमपाइप गाडिएको थियो । उक्त स्थानमा रातभर परेको पानीले पुरेको सबै माटो बगाएर लगेपछि उक्त स्थानमा खाल्डो परी रातीबाटै सवारी आवागमन रोकिएको हो । पानी पर्न केही कम भएपछि सडक खुलाउने प्रयास गरिने वडा नम्बर 10 वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *