दमौली – तनहुंको व्यास नगर व्यवस्थापन अस्पतालले आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुमा कोभिड जनचेतना कार्यक्रम सुरुवात गरेको छ । कोभिड महामारी र भविष्यमा आउनसक्ने तेस्रो वेभबाट विद्यालयहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै विशेष सावधानीका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

सुरुवातमा व्यास १० वडा कार्य समितिको समन्वयमा विद्यालयस्तरीय जनचेतना कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रम १४ वटै वडाहरुमा सञ्चालनमा ल्याउने योजना रहेको अस्पतालका डाक्टर सुरज घिमिरेले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरुलाई कोभिड १९ भाइरस सम्बन्धि ज्ञान, यसको रोकथाम सम्बन्धमा सावधानीका लागि मास्कको उचित प्रयोग, भिडभाडमा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्डहरु, WHO को निर्देशनबमोजिम हात धुने तरिका र सेनिटाइजरको उचित प्रयोग सम्बन्धी जानकारी गराईनेछ । कार्यक्रममा अस्पतालका डाक्टर सुरज घिमिरे स्वास्थ्यकर्मीहरु सरिता बोटे, सुशिला परियार, अम्बिका सिग्देल संलग्न रहनुभएको अस्पतालले जानकारी गराएको छ ।

कार्यक्रमको शुरुवात अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटाको उपस्थितिमा शिव मा वि, दुम्सी मेमोरियल स्कुल र चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको छ । कार्यक्रमको समुद्घाटन पश्चात अध्यक्ष सापकोटाले समाजमा चेतनाको जग विद्यालय भएको र सामाजिक चेतनाको प्रवाह विद्यालयबाट हुने भएकाले कोभिड न्यूनीकरण र सावधानीका लागि विद्यार्थी सम्म चेतना पुर्याउनु अति आवश्यक ठानी ब्यास नगर अस्पतालको पहिलो सार्वजनिक कार्यक्रमको रुपमा यस कार्यक्रम अगाडि बढाइएको हो, भन्दै सापकोटाले कार्यक्रमद्वारा समाजका हरेक व्यक्तिमा सकारात्मक सन्देश प्रवाह गर्न सफल होस् भनी कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *