म्याग्दे- तनहूँको सदरमुकाम दमौलीबाट ६ कि मी दुरीमा रहेको म्याग्दे गाउँपालिका वडा नम्बर- १ स्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले नमुना कामको थालनी गरेको छ। सामुदायिक वनले धान खेतीका लागि आफ्ना उपभोक्ताहरुलाई समूह बनाएर बन्धकीमा धान खेती गर्न दिने गरेको र उपभोक्ताको आम्दानीको श्रोत समेत बढाउने काम गरेको छ । सामुदायिक उपभोक्ता समूहले नै लगानी गरेर बन्दकीमा जग्गा लिई धान खेती सञ्चालन गर्न थालेदेखि त्यहाँका उपभोक्ताहरु उत्साहित भएर कार्य गर्न थालेका छन् ।

सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनाल
लगाएको धान गोड्दै उपभोक्ताहरू


वार्षिक रुपमा समूहको पालो फेरिने गरेर धानखेती सँगै मौसम अनुसारको गहु, मकै एवं आलुखेती समेत गर्ने गरिएको वन उपभोक्ता समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभएको छ । २ जना को ३६ रोपनी जग्गा ५ बर्षका लागि ८ लाख २५ हजार बन्दकीमा लिएर खेती गरिएको र २५ परिवारले करिव २०० मुरी धान उत्पादन हुने गरेको उपभोक्ता समूहकी उपाध्यक्ष उमा सुनारले जानकारी दिनुभएको छ ।

बन्दकीमा धान खेती गर्ने उपभोक्ताहरू


दलित जनजाति को बाहुल्यता रहेको समुहले यस कार्यका लागि रू १००० डिपोजिट राखेर समूहमा आवद्द गर्ने गरेको र बांझो रहेको जग्गालाई खेतीमा परिणत गर्न प्रयास गरिएको साथै बैंकमा राख्दा ब्याज कम आउने र समूहमा ब्याजमा लगाउंदा जोखिम रहने हुंदा प्रत्यक्ष आय आर्जनमा सहयोग गर्न समूहको ८लाख २५ हजार लगानी गरेर नमुना काम थालिएको साथै ७५ हजारको पाडाहरू खरिद गरी उपभोक्ता समूहलाई हस्तांतरण गर्न लागिएको समूहका कोषाध्यक्ष टेक बहादुर कामीले जानकारी गराउनुभएको छ ।

धान खेती पुर्वको अवस्था


तनहूँमा उपभोक्ताहरुको प्रत्यक्ष लगानी र सहकार्यमा मिलेर खेती गर्ने गरेको उदाहरणहरू मध्ये यो पहिलो नम्बरमा आउने गर्दछ । उपभोक्ताहरुलाई जागरुक गरी बनको संरक्षणसँगै आम्दानीको श्रोत बढाउने उपायहरुमा क्रियाशील हुने गरेको साथै बन ऐनले निर्धारण गरेको कोषको ३५% लक्षित वर्ग अरुलाई खर्च गर्नु पर्ने प्रावधान बमोजिम यसकार्यमा लगानी गरिएको डिभिजन बन कार्यालय तनहुंका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुभएको छ।

सहायक वन अधिकृत मनोज रानाभाट


समुहमा आवद्द सदस्यहरू

बाराही सामुदायिक बनको ७७ हेक्टर क्षेत्रफल र ३११ घरधुरीहरू उपभोक्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *