दमौली – English Access Microscholarship Program अन्तर्गत तनहुँ जिल्लाका विभिन्न सरकारी विद्यालयमा अध्ययनत ४०जना विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। RELO, U.S Embassy को आर्थिक सहयोगमा संचालित उक्त कार्यक्रम  नेल्टा तनहुँ द्वारा आयोजना  गरिएको थियो।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता एवं NELTA तनहुका अध्यक्ष लाल प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा 40 जना विद्यार्थीहरुलाई मोबाईल सेट  डाटा केबल, चार्जर, टि-शर्ट, एबम झोला वितरण गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले प्रविधिको प्रयोगले अंग्रेजी भाषाका अतिरिक्त अन्य सिकाइलाई समेत सहजता प्रदान गर्ने बताउनु भयो।

तनहु जिल्लामा  पहिलो पटक संचालित Access Microscholarship Progra  ले न्यून आर्थिक अवस्था एवं जेहेन्दार विद्यार्थीहरुलाई दुई वर्षसम्म अतिरिक्त समयमा अंग्रेजी भाषाको साथै ब्यक्तित्व विकास, समुदाय सेवा, प्रविधि सम्बन्धी ज्ञान एवं संस्कृतिको आदानप्रदान सम्बन्धमा जानकारी गराउने कार्यक्रम रहेको छ । ७  वटा सरकारी विद्यालयमा अध्ययनरत २०छात्र  र २० छात्रा उक्त कार्यक्रममा सहभागी रहेका छन।

NELTA, तनहुनका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारी ,आदिकबी भानुभक्त क्याम्पसमा  सञ्चालक समितिका अध्यक्ष ब्रहादत्त तिमिसिना ,NELTA गण्डकी प्रदेशका उपाध्यक्ष रामचन्द्र पोखरेल, पूर्व अध्यक्ष कृष्ण हरी गैह्रे एवं बसन्त कडेल लगायतकाले शुभकामना व्यक्त  गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *