दमौली- नेपाल वितरक महासङ्घको तनहूँमा भएको नवौं  साधारणसभा सम्पन्न भएको १०५ दिन बितिसक्दा पनि हटेको छैन । दमौली बजारको मेन चोकमा रहेको स्वागत गेटले सफा सडक प्रवेशलाई नै कुरुप देखाएको छ तर स्थानीय व्यासनगरपालिका एवं तनहुं प्रशासन त्यसबारे मौन रहेको देखिन्छ ।

अधिकृत बिक्रेता सङ्घ तनहुँले व्यवस्थापन गरेको उक्त कार्यक्रम र स्वागत गेटमा “2077 फागुन 29 गते हुने नेपाल वितरक महासङ्घको नवौं वार्षिक साधारणसभामा पाल्नुहुने प्रमुख अतिथिज्यू, बिशिस्ट अतिथि, प्रतिनिधि एवं परिवेक्षक लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ” लेखिएको छ ।  यसबाट प्रष्ट हुन्छ कि 2077 फागुन 29 बाट आजका मितिसम्म दमौलीको में गेटमै रहेको प्रचारक गेट नहटाउनु स्थानीय प्रशासनको लापरबाही  वा महासंघको प्रभाव मान्न सकिन्छ । 

पूर्व अर्थमन्त्री रामशरण महत प्रमुख अतिथि रहेको कार्यक्रममा देशभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्वागत गेट हट्नुको कारणबारे केन्द्रीय अध्यक्ष सुरेश अधिकारीसँग फोन सम्पर्क गर्दा 105 दिनसम्म पनि गेट नहटाउनु दुर्भाग्य भएको र तत्कालै हटाउन समन्वय गरिने बताउनुभएको छ । सामान्यतया कार्यक्रम सकिएको एक दुई दिनमा आउनुपर्ने हो, कमीकमजोरी भएको छ , केन्द्रीय अध्यक्षको हैसियतले क्षमा चाहन्छु अधिकारीको भनाई थियो । 

व्यास नगरपालिका कार्यालय भन्दा 50 मिटर मेन चोकमा गेट भएतापनि नगरपालिकाको आँखा पुग्न सकेको छैन । यसको बारेमा बुझ्दा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले यसबारे आफूलाई जानकारी नभएको र आइतबार कार्यालयमा आएपछि सम्वन्धित संस्थालाई बोलाएर तुरुन्त हटाउन लगाउने जानकारी दिनुभएको छ ।

 दमौली बजारमा लामो समयसम्म मेन चोकमा बनाएको प्रचारक गेट नहटाएको यो पहिलो घटना हो ।  यस्ता प्रचारक सामग्रीले दमौली बजारको सुन्दरता बिगारेको छ भने लामो समयसम्म नहट्नुमा आम जनमानस अचम्ममा परेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *