दमौली- नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत तनहुं जिल्लामा गत शनिबार भएको मतदान अनुरुप जिल्ला पदाधिकारीहरूको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार सभापतिमा जित प्रकाश आले विजयी भएका छन् । १६८ मत अन्तरले बैकुण्ठ नेपालीलाई हराउँदै जित प्रकाशले विजयी हासिल गरेका हुन् । न्यौपानेले ७८३ मत प्राप्त गर्दा आलेले ९५१ मत प्राप्त गरेका थिए ।

यसैगरी उपसभापतिमा राजेन्द्र कृष्ण श्रेष्ठ र  देवकुमार श्रेष्ठ विजयी भएका हुन् । राजेन्द्र कृष्ण श्रेष्ठले ९०७ र देवकुमार श्रेष्ठले ८७६ मत प्राप्त गरेका थिए । उपसभापतिका प्रतिद्वन्दी किसान श्रेष्ठले ८६६ र उदय राज गौलीले ७३१ मत प्राप्त गरेका थिए । 

सचिवमा अत्याधिक मतका साथ लक्ष्मी भक्त खनाल विजयी भएका छन् । उनले १०२० मत प्राप्त गरे भने अर्को सचिवमा ८१२ मतका साथ सहदेव अधिकारी विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७०७ मत प्राप्त गरेका थिए । 

सहसचिवमा मिलन आले ९२० मतका साथ विजयी भएका छन् । परमेश्वर भट्टराईले पनि ८९५ मतका साथ विजयी हासिल गरेका हुन् । सहसचिव का मिलन आले शिला वाग्लै प्यानलको उम्मेदवार हुन् । 

नेपाली कांग्रेस तनहुँ जिल्ला अधिवेशनमा बैकुण्ठ न्यौपाने र जित प्रकाश आलेको प्यानलसहित उम्मेदवारी दर्ता भएको थियो । वैकुण्ठ न्यौपाने वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेल को साथ् र समर्थन रहेको थियो । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई एवं नेता समर्थन रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *