दमौली- नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ११ वटा पालिका, दुई कोभिड अस्प्ताल र पत्रकार महासङ्घ तनहुँ शाखाको लागि स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्नु भएको छ ।


सहयोग सामग्री वरिष्ठ नेता पौडेलले शनिबार दमौलीमा हस्तान्तरण गर्नु भयो । तनहुँका ४ वटा नगरपालिका, ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह र लमजुङको मध्यनेपाल नगरपालिकालाई हस्तान्तरण गर्नु भएको हो । वितरण गरिएका स्वास्थ्य सामग्रीमा प्रत्येक पालिकालाई अक्सिजन कन्सनट्रेटर एक÷एक थान, माक्स एक हजार थान पीपीई सेट ४०, सेनिटाईजर २४, पिस, फेससिल्ड ३ सय पिस, ग्लोब्स १ सय पिस, स्यानिटाइजर हेन्डवास १० लिटर, सेनिटाईजर २५ लिटर लगायतका स्वास्थ्य सामग्री रहेका छन् ।


नेपाल पत्रकार महासङ्घ तनहुँ, दमौली स्थित दमौली अस्पताल, शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई वरिष्ठ नेता पौडेलले स्वास्थ्य सामग्रीहरु हस्तान्तण गर्नु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले समन्वय गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै वरिष्ठ नेता पौडेलले महामारी तथा प्राकृतिक विपत्ती समयमा पार्टी भन्दा माथी उठेर हातेमाले गरी सङ्कटको सामना गरे छिटो समाधान गर्न मद्धत पुग्ने बताउनुभयो । साथै वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीले गैर संवैधानिक तवरबाट प्रतिनिधी सभा विघटन गरेको आरोप लगाउनुभयो । चुनाव हुन नसक्ने बताउँदै वरिष्ठ नेता पौडेलले सो कदम फिर्ता गरी प्रधानमन्त्रीले पदबाट राजिनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । बाढीपहिरो र कोरोनाको अवस्थाको बारेमा स्थलगत रुपमा नै जानकारी लिन वरिष्ठ नेता पौडेल शनिबार जिल्लामा रहनु भएको आईतबार दिउँसो काठमाडौं फर्किने नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *