तनहुँ- २०७७ सालको बिदाइ संगै नयाँ वर्ष २०७८ सालको खुसियालीमा विभिन्न ठाउँमा विभिन्न तरिकाले खुसीयाली मनाइरहेका छन्। जसमा आज तनहुँ जिल्लामा रहेको छाब्दी बराही मन्दिर मा श्रद्धालु भक्तजनको अत्याधिक घुइँचो रहेको थियो। भक्तजनहरुलाई पुजा गर्नको निमित्त सहज होस् भनी लाइनको व्यवस्था पनि गरिएको थियो। जेष्ठ नागरिक, साना बालबालिका भएका व्यक्तिहरूका लागि मन्दिरसम्म जाने र पुजा गर्नको लागि छुट्टै व्यवस्था गरिएको थियो। पूजा गर्न आउने भक्तजनहरूको जुत्ता चप्पल राख्नको लागि उचित ठाउँको व्यवस्था पनि गरिएको थियो विभिन्न ठाउँबाट पूजा गर्न घुम्न आएका समूह र श्रद्धालुहरूको सुरक्षा र सहजताको लागि “श्री छाब्दीबाराही विकास कोषले” स्वयंसेवक परिचालन गरेको थियो साथै अन्य झै-झगडा नहोस भन्ने उद्देश्यले भक्तजनको सुरक्षाको लागि नेपाल प्रहरी पनि परिचालन गरिएको थियो। यस छाब्दी बाराही मन्दिरमा आएका भक्तजनहरूले मन्दिरमा फूलपाती, अछेता, नैबेध, कुखुरा, बोका,परेवा आदि पशुपन्छीको पनि बलि चढाइएको थियो । भक्तजनहरूको भीडलाई सम्हाल्न छाब्दी बाराही विकास कोषलाई पनि मुस्किल परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *