तनहुँ :- व्यास नगरपालिका वडा न.१० स्थित पिजन हिल टिकट्क पार्क नयाँ बर्षाको प्रमुख गन्तव्य बन्न्न पुगेको छ।२०७८/०१/०१ गते बुधबारका दिन नयाँ बर्षामा घुम्न आउने आन्तरिक पर्यटनकहरुको खचाखच् भिडभाड्ले पार्कमा अरु दिन भन्दा यस दिन फरक दृश्य देखियो। पार्क को आकर्षकको रूपमा रहेको पिङमा लामबध्द पर्यटकको संख्याले स्पष्ट भिजनको साथ समय सान्दर्भिक व्यवसायमा लागेमा सफल हुन सकिन्छ ,भन्ने एक उदाहरण प्रस्तुत गरेको पाउन सकिन्थ्यो।

 युवा शक्ति बिदेश पलायन भइरहेको बेला आफै स्वदेशमा लागानी गरि केही गर्न सकिन्छ भन्ने उदेश्यले युवा सफल व्यवसायी विवेक सापकोटाले विगत ५ वर्ष देखि उक्त स्थानमा पिजन हिल रेस्टुरेन्ट एन्ड लज संचालन गर्दै आएका थिए ।कोभिड१९ पश्चात् व्यावसायलाई थप प्रवन्धन गर्दै  करिब ७० लाख रकम खर्च गरि सोसल मिडिया टिकटकको नामबाट पार्क निमार्ण गर्दै अत्यधिक मात्रमा पर्यटकलाई तान्न्न सफल भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *