काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। सत्तासीन सबै दलहरुमा मन्त्रालयको भागबन्डा मिलेपछि आज मन्त्रिपरिषद्को विस्तार गरिएको हो। मन्त्रिपरिषद्को विस्तार सँगै आजै मन्त्रीहरुले सपथ समेत लिएका छन्। विस्तार गरिएको मन्त्रिपरिषदमा पुराना मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ।

नयाँ मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।

यसअगाडि स्वास्थ्य राज्यमन्त्री बनेका उमेश श्रेष्ठ भने प्रधानमन्त्री कार्यालय हेर्ने गरी राज्यमन्त्री भएका छन् । त्यसैगरी भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् ।

तनहुँ क्षेत्र नं 1 बाट प्रत्यक्ष निर्वाचित भएका कृष्णकुमार श्रेष्ठ किसान यसभन्दा अगाडि नेकपा एमाले केपी ओली पक्ष मा भएतापनि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देउवा पक्षमा मत हाल्दै माधवकुमार पक्षमा लागेका थिए। किसान अहिले नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *