दमौली- तनहुँको सदरमुकाम दमौलीबजारमा पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीहरु, स्थानीय सवारीहरु साथै पैदल यात्रीहरुलाई अनिबार्य माक्स लगाउन ट्राफिक प्रहरी कार्यालयले अभियान सञ्चालन गरेको छ । नेपाल मुस्लिम संघका सलमान मियाको उपस्थिति र सहयोगमा आज तीनसय जना सवारी चालक, सहचालक, यात्रुहरू एवं पैदलयात्रीहरूलाई माक्स लगाउन अनुरोध गर्दै वितरण गरिएको हो ।  मियाका अनुसार नेपाल मुस्लिम संघले तनहुँ, कास्की र लमजुङमा गरी एकलाख असीहजार माक्स वितरण गरिएको जनाउनुभएकाे छ । संघले यसअगाडि माक्ससँगै सेनिटाइजर समेत वितरण गरेको जनाएको छ ।

 वितरण कार्यमा सहभागी हुँदै तनहुँ ट्राफिक प्रहरी प्रमुख डिबी हमालले यात्रुको काेभिड सुरक्षाका लागि सवारी चालक/ सहचालक सजग हुनुपर्ने त्यसका लागि यात्रामा हिड्दा सवारीसाधनमा अनिवार्य सेनिटाइजर र यात्रुलाई अनिवार्य माक्सको प्रयोग गर्न लगाउनु पर्ने बताउनुभएको छ ।  ट्राफिक प्रमुख हमालको सक्रियतामा अाजै पृथ्वीराजमार्गमा सञ्चालन भएका ठूला सवारी साधनमा सेनिटाइजरको व्यवस्थाबारे अबलोकन गर्दै सैनिटाइजर नभएकालाई तत्कालै किनेर मात्र सवारी जाने व्यवस्था गरिएको थियो । 

दमौलीमा पटक-पटक यस्ता कार्यक्रम सञ्चालन गर्दा पनि अटेर गर्ने जो–कोहीलाई आउँदा दिनहरुमा नियम अनुसार जरिवाना गरिने समेत जनाइएको छ । दमाैलीमा माक्स वितरण गर्दाका तस्वीरहरू 

Leave a Reply

Your email address will not be published. Required fields are marked *