नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत तनहूँ जिल्लाको अधिवेशनमा विवाद सिर्जना भएको छ । निर्धारित समय ८ बजेबाट ३ बजेसम्म भित्र पस्नु पर्ने सुरूको समयसिमा भएता पनि प्राविधिक कारणले ९:३० बजे सुरू भएकाले तोकिएको समयमा भित्र प्रवेश नगरेपछि रोक लगाइएको निर्वाचन अधिकृतले जानकारी गराएका छन् । तथापि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र तनहुँ जिल्लाका सचिव लक्ष्मी आचार्य लगाएतका बाहिर नै रहेकाले सहमतिको प्रयासबाट प्रवेश गराए समस्या समाधान गर्ने पहल थालिएको छ।

बिहान ८ बजेबाट सञ्चालन गर्ने निर्वाचन तालिका भएतापनि ९:३० बजे मात्र सुरु भएकाले १ घण्टा ३० मिनेट पछाडि सार्नुपर्ने र त्यसैअनुरूप समय ख्याल गरिएको जनाइएको छ।कुल मतदाता १८२१ मध्ये जम्मा १७८१ मत खसेको र १५ जना बाहिर नै रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *