दमौली- तनहुँको सदरमुकाम दमौलीमा कोभिड -१९ को संक्रमणका अवस्थामा पत्रकारहरुमा पारेको असर र प्रभावका विषयमा मानवअधिकार आयोग गण्डकी प्रदेश र तनहुँका पत्रकारहरूको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरा,  नेपाल पत्रकार महासंघ तनहुँ र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले तनहूँका पत्रकारहरुलाई परेको समस्याका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने मानवअधिकार आयोग पोखराका  चन्द्रकान्त चापागाईंले मानवअधिकार रक्षकको अवस्था भूमिका र चुनौतीका विषयमा पत्रकारहरुबीच विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी इन्सेक काठमाण्डौंका अच्युत आचार्यले कोभिड १९ को महामारीमा मानव अधिकार रक्षकको अवस्था सम्वन्धी प्रारम्भिक अनुसन्धान रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।  

अन्तरक्रियात्मक रुपमा सञ्चालन भएको कार्यक्रममा पत्रकारहरुले मानवअधिकारसँग सम्बन्धित विषयमा लागेका जिज्ञासाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तनहुँका बीसवटा मिडियासँग आवद्ध २८ जना पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम दमौली स्थित सन्तोष होटलको हलमा भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *