तनहुँ – व्यास नगरपालिकाले पुरानो विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ समिति गठनका लागि समयसीमा तोकेपछि समिति गठन प्रक्रियाले तीव्रता पाएको छ । यसैक्रममा व्यास १० को जनता आधारभुत विद्यालयमा बालकृष्ण बिकको अध्यक्षतामा ब्यवस्थापन समिति गठन भएको छ । सदस्यहरुमा मनकुमारी वि क, रिता कुमाल, पार्वती सुनार, राजु विक, गोविन्द ब. अधिकारी चयन हुनुभएको छ। त्यसैगरी शिक्षक अभिभावक सङ्घको अध्यक्षमा मंगली विक चयन हुनुभएको छ ।

व्यास १० वडा अध्यक्ष तुलसीराम सापकोटाको प्रमुख आथित्यतामा र विद्यालय व्यवस्थापन समन्वय समितिका संयोजक वडा सदस्य लक्ष्मी परियारको अध्यक्षतामा भएको अभिभावक भेलाबाट नेतृत्व चयन भएको हो । उक्त कार्यक्रममा छिमेकी विद्यालय शिव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजाल, संस्थापक प्र अ खेमराज पोखरेल, शिव माध्यमिक विद्यालयका प्रअ तीर्थराज वर्देवा, चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व अध्यक्ष एवं चन्दादाता ऋषिराम ढुंगाना, बैरेनी खानेपानीका कोषाध्यक्ष राम बहादुर परियार, नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा संयोजक एवं जिल्ला सदस्य रामदत्त पौडेल, नेपाली कांग्रेस पार्टी प्रतिनिधि एवं पूर्व नगर उपसभापति इश्वर पौडेल, वैंक तथा वित्तिय सङ्घका केन्द्रीय सदस्य कृष्ण परियार, टोल अध्यक्षहरु एवं संघसंस्थाका प्रतिनिधिहरु र अभिभाबकहरुको उपस्थिति रहेको थियो । भेलामा विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर बरालीले विद्यालयको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले जिम्मेवारी बाँडफाँड गरी सबैले आफ्नो भूमिका निर्वाह गर्दै सामुहिक पहलमा पिछडिएको क्षेत्रलाई अग्रस्थानमा ल्याउनु पर्ने विचार व्यक्त गर्नुभएको छ । हिसाब-पिसाप-निशाबमा पारदर्शीता भएमा समुदायिक विद्यालय एक कदम अगाडि बढ्ने हुँदा त्यस तर्फ लाग्नुपर्ने भन्दै नवगठित नेतृत्वले विद्यालयको शैक्षिक भौतिक र सामाजिक सम्बन्ध निर्माण गर्दै गुणस्तरीय शिक्षामा अग्रसरता लिनुपर्ने प्रमुख अतिथि सापकोटाको भनाई थियो ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष
नव निर्वाचित शिक्षक अभिभावक संघ अध्यक्ष

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिकांश वक्ताहरुले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै समय सुहाउँदो प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने जसका लागि अभिभावक शिक्षक र सरोकारवाला निकायहरुले पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । अभिभावक शिक्षा मार्फत विद्यालयमा विद्यार्थीको उपस्थिति वढाउन वक्ताहरुको सुझाव थियो ।

दलित बस्तीमा रहेको यस विद्यालयमा एक सय जना विद्यार्थी र नौजना शिक्षकहरु कार्यरत रहेका छन् । विद्यालयमा कक्षा ८ सम्म पठनपाठन भइरहेको तर शिक्षक संख्या कम भएको विद्यालयका सहायक प्रधानाध्यापक शिवराज ढकिलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा समाजसेवी ऋषिराम ढुङ्गानाले रु २५,५५५ को अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *