दमौली- डिभिजन वन कार्यालय तनहूँको आयोजनामा व्यास १० स्थित चण्डिदेवी  राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय वातावरण सचेतना तथा वृक्षारोपण कार्यक्रम सञ्चालन भएको छ ।

 वन कार्यालयका कार्यालय प्रमुख जिल्ला बन अधिकृत कोमलराज काफलेले उक्त कार्यक्रमको उद्घाटन गर्दै वन कार्यालयबाट विद्यालयलाई सानो सहयोगको रूपमा विद्यालय हरियाली बनाउनका लागि एवं संरक्षणका लागि कार्यक्रम मार्फत चेतना जगाउँदै वातावरण संरक्षणमा सहयोग पुराएको बताउनुभएको छ ।  वन कार्यालयले धर्मका योजना मात्रै ल्याउने गर्छ पृथ्वीलाई संरक्षण गर्नु भन्दा ठूलो अर्को धर्म केही छैन वातावरण संरक्षण गर्दै बोटबिरुवा लाई हुर्काउने कार्यमा हामी सबैले सहयोग पुर्याउनु पर्दछ त्यसकालागि सामुदायिक वन मात्र होइन विद्यालयका आम विद्यार्थी मार्फत अभिभावको चेतना वृद्धि गर्नु जरुरी छ उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै ब्यास नगरपालिका वडा नं १०, का  वड़ा अध्यक्ष श्री तुलसीराम सापकोटाले हाम्रो पुरानो सोचलाई जबसम्म बदल्न सक्दैनौं हाम्रो वातावरणलाई पनि संरक्षण गर्न सक्दैनौ भन्दै यस वडामा भएका अनुत्पादक बिरुवा लाई विस्तारित गर्दै उत्पादनशील बिरुवालाई स्थापित गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । वृक्षरोपण धेरै भए रोपेर मात्र छोड्ने भन्दापनि संरक्षण गर्नु महत्वपूर्ण कुरा भएकाले रोपेका बिरुवा भरपुर संरक्षण गर्न सके र तिनीहरूलाई हुर्काउन सकेमा ठूलो कार्य भएको पाउन सकिने उहाँको भनाइ थियो ।  गाउँमा भएका डोजरे विकासले वातावरण बिगारेको भन्दै वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विद्यालय परिसरका फोहर संकलनका लागि १५ वटा डस्टिन र समुदायलाई समेत हस्तान्तरण गर्ने गरी १५० वटा विविध जातिका बिरुवाहरु विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालयलाई वन कार्यालयले पुराएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेलले आगामी दिनमा विद्यार्थीहरूको चेतना बढाउने गरी प्रशिक्षण कार्यक्रम लगायत विविध कार्यका लागि सहयोग पूराउन वन कार्यालयलाई आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा नम्बर १० का जनप्रतिनिधिहरू सुर्यराज मिश्र, लक्ष्मी परियार, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू राम बहादुर परियार, भगवती अधिकारी, श्रीकृष्ण आचार्य , पूर्व विब्यस अध्यक्ष ऋषिराम ढुंगाना, नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट  उपशाखाका पदाधिकारीहरु,विद्यालयका शिक्षकहरु र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *