श्री चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय ब्यास १० को विद्यालय ब्यवस्थापन तदर्थ संयोजन समिति गठन भएको छ । ब्यास नगर पालिकाको ३३ औं नगर सभा र ब्यास नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार जेठ मसान्तसम्म वि. व्य. स. गठन हुन नसकेका विद्यालयहरूमा तदर्थ संयोजन समिति गठन गरी आगामी समिति गठन गर्ने निर्णय बमोजिम वडा अध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा ५ सदस्यिय समिति गठन भएको छ । समितिमा अध्यक्ष: तुलसीराम सापकोटा (वडा अध्यक्ष), सदस्य: श्रीकृष्ण आचार्य (शिक्षक प्रतिनिधि), सदस्य: राम बहादुर परियार (अभिभावक), सदस्य: भगवती अधिकारी (अभिभावक), सदस्य- सचिव: रामचन्द्र पोख्रेल (प्रधानाध्यापक) रहनुभएको छ ।

वडा अध्यक्ष, शिक्षक प्रतिनिधि र प्रधानाध्यापक को बैठकले अभिभावकको तर्फबाट राम वहादुर परियार र भगवती अधिकारीलाई मनोनित गरिएको प्र अ रामचन्द्र पोख्रेलले जानकारी दिनुभएको छ । समितिको पहिलो बैठकले ऋषिराम ढुंगानाको नेतृत्व रहेको पूर्व विद्यालय ब्यवस्थापन समिति र भिम प्रसाद ढकालको नेतृत्वको शिक्षक अभिभावक संघलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको विद्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *