काठमाडौ- सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको  हो ।

सर्वोच्चको आदेशले मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री भएका २० जना पदमुक्त भएका छन् । पदमुक्त भएकामा ११ जना जनता समाजवादी पार्टीबाट मन्त्री भएका छन् । दुईजना पूर्वमाओवादीबाट मन्त्री भएकाहरु छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक निवेदन दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *